माया भित्र को सन्सार !!!
निकै समयको अन्तराल अनि उ, साच्चिकै समय अन्तर्यामी छ र हुने गर्दछ पनि  ।कैयौ बर्ष को अन्तराल मा थोरै समयको माया देख्दा लोभलाग्दो अबस्य पनि देखिनेछ, सबैले बुझ्नेछन के हो माया अनि के हो मन कसरी बहकिन्छ ति याद मा। मन नै त हो कहिले बहकिन्छ अनि कैले तरङ्गित हुन्छ थाहा नै हुदैन तर त्यसको पछाडि अनेकौ कारण पनि अबस्य हुन गर्दछन । केही समयको बिचमा अनेकौ सपनाले सिर्जित ति अतितका  सपना, अनेकौ माया अनि त्यसमा रमेको त्यो सुन्दर सन्सार सोच्दा पनि अचम्म मानौ वा सत्य भनम त्यो आफैले एउटा बुझिन्छ अनि अरुले अर्कै बुझिदिन्छन। क्षणिक सुखमा रम्नेहरु अनि सन्सार र माया नबुझ्नेहरु  छिनमा नाता जोड्छन त छिनमै तोड्छन अझ भन्नुपर्दा , आझ भोलि छुट्टिने कैले भनेर थाहा हुदाहुदै जोडेका नाताहरु आफुमा भन्दा अरुलाइनै देखाउन माहिर छन । बाआमाले सजायका  कैयौ सपनाहरुलाइ लत्यायर,   देखाबटी रुपमा देखाइयका मायाहरु देख्दा जस्लाइ पनि  दया लाग्नु स्बभाबिक नै हो । दुइचार दिनको प्रहर मा छुट्टिने कैयौ युगल हरु को सन्सारमा जीवन भरका माया अनि बाचा साट्नेहरुको कदर हुदैन अचेल। त्यही  दुई चार दिनका कसम अनि बाचा मा सन्सार ठान्नेहरु,   भबिस्य के होला भनी नसोच्नेहरु अनि छिन को त्यो माया देखाउदै हिड्ने हरु भबिस्य के पर्नेछ के थाहा र? समय आउदा रमाउछन अनि जब समय आफ्नो साथ मा हुदैन, बल्ल अनि साथ गुहार्छन यो त सत्यता हो। कस्लाइ के भन्नू छ र यहाँ समय हैन साथ बिक्छ, सत्यता हैन देखाबटिपन बिक्छ अनि पैसामा सुन्दर सन्सार बिक्छ कसैलाइ केही भन्नू छैन आफ्नो सन्सार मा रमाउन, सुखी र खुसी बनुन सधै , समयले हैन समयलाइ आफ्नो पोल्टामा पार्न सकुन अनि आफ्नाहरु लाई चिनेर माया गर्न सकुन बाँस जिन्दगि सुखद चल्नेछ।

Comments

Popular posts from this blog

contradiction about climate change by US president

मेरि उनी

हिडेको मान्छे!!