डायरी!!!
न कसैको दुख अनि कसैको सुख लेख्छ। न कसैको भलो न कसैको कुभलो देख्छ।। यो डायरी। बाँस लेख्छ, कोर्छ याद बनाउछ मात्र पानामा। भाग्य लेख्ने अधिकार छैन येस्को छानामा।। येहि हो हामि सबैको डायरी। अधिकार येस्को लेख्ने मात्र हो लेखेरै सताउछ।। न कसैको भाग्य अनि भबिस्य बताउछ।। तेहि हो हाम्रो डायरी। माया गरौ अथवा घृणा येसलाइ। कापी सङ्ग तुलना गरिन्छ जसलाइ।। राम्रो अथवा नराम्रो डायरी। छिन मै लेख्छ छिन मै मेट्छ। चायो भने सबै कुरा बहकाउन सक्छ।। तेहि कहानि को हो यो डायरी। जे होस स्मृति को पाना ले भरियको छ। जहाँ कसैको कहानी ले सजियको छ।। तेहि हो डायरी। चाहे राम्रो भनम अथवा नराम्रो। हेर्ने नजर हो जस्को नजर छ राम्रो अथवा नराम्रो।। येहि भित्रि डायरीमा। तेहि डायरि हो कसैको भबिस्य लेखेको छ। त कसैको जीवन कहानी बोकेको छ।। तेहि हो हामी सबैको डायरी।