" जवानी " रुप को कुरा नगर नानि यो त केबल क्षणिक सुन्दर्य हो। मुस्कुराउने तिम्रा रहर पनि त सिमित समयको माधुर्य न हो।। सोच्छौ भबिस्य तिमी जवानी सम्झेर जवानी त केवल समय हो ( आउदैन फर्केर) तिम्रा ती सुन्दर कलकलाउदा रुपहरु पनि हुने आखिर माटो मै बिलय हो।( छोटो सयम को सुन्दर्य) मस्किदै भन्ने तिमिले ठूलो मान्छे बन्छु शब्द पनि यो त केबल त्यही समयको चाहना न हो। देख्ने तिमिले सपना हरु त्यो उमेर मा सबै सम्झने गरि बनेको बहाना हो।। उमेर मा त क्या हटायछौ होला बा आमालाइ आखिर जानुपर्ने त केबल तिमि पनि पराइ नै हो जे सोचे पनि त्यो समयमा सम्हाल्नु पर्ने त तिमिले मेरै घरबारि हो।। संघर्ष को पाठ सिक्दै जादा भन्थ्यौ बा आमा पाल्छु भनेर (पराइ) पाल्नुपर्ने त तिमिले मेरै बाआमा हो मुस्काउदै तिम्रो दाइ पनि त सोच्थ्यो होला पाल्नुपर्ने बाआमा मेरा तेरै भाउजू ले हो। सुन्दर तिमी भन्थ्यौ सुन्दर्ताले मेरो जीवन कटाउछ (सुन्दरता) आखीर खानुपर्ने त तिमिले पनि त त्यही दाल भात हो चर्को बोल्दा रिसाउने तिमी आफ्नो घरमा सहनुपर...
Posts
- Get link
- X
- Other Apps
प्रेमिल मन !!! सन्जय अर्याल भगवानले सिर्फ एउटै चिज बनायको छ साथ रहन लाई, सम्झनलाइ, अनि मन बहकाउनलाइ त्यो हो याद अनि ती अतीत का यादहरु अट्ने एउटा मुटु/मन। अपरम्पार चिज छ यस्मा कुनै तिता कुनै अति नै मिठा पल हरु अनि कुनै बिर्सन खोज्दा नबिर्सने सम्झन नखोज्दा याद आइहाल्ने क्षणहरु। लामो समयका याद पलहरु भन्दा छोटो समयका यादहरु सधै यहि मनमुटुमा ताजा बनेर बस्न बिबस हुदो रहेछ तर किन भन्ने प्रश्नमा सायद बनाउदा सृष्टि ले त्यस्तै बनाएर हो अथवा हामिले छोटो समयलाइ यादकर बनाउन खोजेर हो ? त्यस्को उत्तर त म निकै खोज्दा पनि भेट्न सकिन। त्यही अपरिपक्कता मा रोमलियको, घुलियको भनौ अथवा यादकर बनेको नाम हो उ मात्र उ। पहिलो भेटदेखि नै आँखा मा बिझिकि उस्लाइ आफ्नो बनाउनु खासै ठूलो कुरा थियन र देख्दिनथे म पनि। समयको दौडाइ ज्यामितिय रुप मा हुँदै गर्दा उसङ्ग को मेरो परिचय अंकगणितिय हिसाब मा अगाडि बढेछ तर म अनबीज्ञ थिय।मन मुटुले साथ मागेको थियो झिनोआस मा तर पनि पुरै उसैमा निर्भर भने थियन । समय बित्दै जादा उ सङ्गको परिचय झ...
- Get link
- X
- Other Apps
बहकिने मन र आत्मसंयम!!! सन्जय अर्याल मज्जासङ्ग चलिरहेको सन्सार, सबै को साथ हुदाको मात, माया अनि संयोग ले जुरेका भेट, साटियका कैयौ चिनोरुपी यादहरु, फक्रन लागेका फुलसरी साथ अनि मायाहरु तब तुसारापात हुन्छन जब साथ मा याद मात्र बाकी रहन्छन कैयौ मोड मा साथ दिन्छु भन्ने साथिहरु आफ्नै सन्सारमा ब्यस्त र मस्त भइदिन्छन अनि यो जिन्दगी पिजडा को चरिजस्तै अनि नजरबन्द मा परेको मानिस जस्तै बन्न बाध्य हुन्छ। मनभित्र अनेकौ भाबहरु छन तर पनि कतौ कुना मा कायापलट छन बाहिर निस्कन मान्दैनन। यो समय हो परिस्थिति हो अझ भनु पर्दा यो निरन्तर बगिरहने बहाब हो उतारचढाप हो कहिले माथी टुप्पो मा पुराइदिन्छ त कहिले झटारो हानि उहीँ स्थान मै झारिदिन्छ। समयको सम्बेग न कसैले बुझ्छ न कसैले बुझ्ने चेस्टा नै गर्छ बाँस यसरी सदुपयोग गर्छ कि जे पर्छ त्यही टर्छ।र सोच्छु फेरि सफल मान्छे पनि यस्तै सोच्छ होला त? कि उ केही फरक छ म भन्दा बाँस सोच्दा सोच्दै भाब मै डुब्छ यो मन ...
- Get link
- X
- Other Apps
माया भित्र को सन्सार !!! निकै समयको अन्तराल अनि उ, साच्चिकै समय अन्तर्यामी छ र हुने गर्दछ पनि ।कैयौ बर्ष को अन्तराल मा थोरै समयको माया देख्दा लोभलाग्दो अबस्य पनि देखिनेछ, सबैले बुझ्नेछन के हो माया अनि के हो मन कसरी बहकिन्छ ति याद मा। मन नै त हो कहिले बहकिन्छ अनि कैले तरङ्गित हुन्छ थाहा नै हुदैन तर त्यसको पछाडि अनेकौ कारण पनि अबस्य हुन गर्दछन । केही समयको बिचमा अनेकौ सपनाले सिर्जित ति अतितका सपना, अनेकौ माया अनि त्यसमा रमेको त्यो सुन्दर सन्सार सोच्दा पनि अचम्म मानौ वा सत्य भनम त्यो आफैले एउटा बुझिन्छ अनि अरुले अर्कै बुझिदिन्छन। क्षणिक सुखमा रम्नेहरु अनि सन्सार र माया नबुझ्नेहरु छिनमा नाता जोड्छन त छिनमै तोड्छन अझ भन्नुपर्दा , आझ भोलि छुट्टिने कैले भनेर थाहा हुदाहुदै जोडेका नाताहरु आफुमा भन्दा अरुलाइनै देखाउन माहिर छन । बाआमाले सजायका कैयौ सपनाहरुलाइ लत्यायर, देखाबटी रुपमा देखाइयका मायाहरु देख्दा जस्लाइ पनि दया लाग्नु स्बभाबिक नै हो । दुइचार दिनको प्रहर मा छुट्टिने कैयौ ...
- Get link
- X
- Other Apps
"मेरि आमा" दिनभर खेतबारिमा डल्ला फुटाइ। सधै भर मेरै लागि अन्न जुटाइ ।। पालेकी थियै मेरि आमा। डोकाहरु मा घास बोक्दै गर्दा। हेपियका सास हरु फेर्दै गर्दा।। मेरै आधारमा बाचेकी थियौ मेरि आमा। दस नङ्ग्रा खियाएर । फाटेका मनहरुलाइ सिलायर ।। हिडिरहेकी थियौ मेरि आमा। दुनियाको गाली सहि । आफ्नै अधीन मा रहि ।। बाचेकी थियौ मेरि आमा। आफुले नखाइ मलाइ पढाई । मेरै नाम मा देउता लाई कति भेटी चढाइ।। हिडेकी थियौ मेरि आमा। हो आमा अहेले म ठूलो भयको छु। सारा कुरा बुझ्ने भयको छु।। तिमिलाइ सारा सन्सार ले गन्ने बनाउछु। तिम्रो छोरो को नाम असल ठान्ने बनाउछु।। मेरि आमा तिमिलाइ सन्सार ले गन्ने बनाउछु सन्जय अर्याल