ए झरी !!!

ए झरी नआइदेउ यसरी
आइदेउ बरु तिमी सबैमा खुसिको बहाब छरी
त्यो मन अनि यो मन निथ्रुक्कै भिज्ने गरि अनि
सबै ती बहानाहरुलाइ पछि पारी
ए झरी न आइदेउ तिमी यसरी ।

आउनु नै छ भने पनि आउ तिमी सुटुक्क निमन्त्रणा गरि
सबैको दुख सुख लाई आफ्नै ठानि अनि
सबैको त्यो चाहना लाई सिरोपर गरि
आइदेउ एसरी कि उस्को मेरो अनि सबैको मन बुझ्ने गरि
ए झरी  आइदेउ यसरी।

ए झरी नआइदेउ तिमी यसरी कि
बाढि परिरो नै लिएर सुकुम्बासी बनाउने गरि
आइदेउ तिमि यसरी कि
हामी बाहिर निस्केर भिज्ने चेस्टा गर्नेछौ
तिमी सबैलाइ  एकरुप ले भिजाउने कस्ट गरि
ए झरी आइदेउ तिमी यसरी ।

तिमी आइदेउ यसरी झरी
बगिरहेका आँसु बगाउने मात्र नगरी
आइदेउ यसरि तिमि कि
बगाइ आँसु सबै हर्ष को बहाब छरी
ए झरी आइदेउ तिमी यसरी।

आइदेउ झरी तिमी यसरी
हामी सबै भिज्न मिल्ने गरि
गरि अनि सबैको मन भिजाउने गरि
तिम्रो आबस्यकता सबैले ठान्ने गरि
अनि सबजना बस्ने पनि त छन नि तिम्रो प्रतीक्षा गरि
झरी आइदेउ तिमी यसरी।

ए झरी तिमी एसरी आइदेउ
मेरो भिजेको मन देखेर उ पनि त भिज्न तयार हुने गरि
मेरो दुखेको मन मा उस्को मन साट्न सक्ने गरि
आइदेउ यसरी तिमी कि
हाम्रो मन लाइ बन्धन मा बाधिदिय बापत भाग्यमानी ठान्ने गरि
ए झरी साथ दिन्छौं नि मलाइ यसैगरी ??

Comments

Popular posts from this blog

contradiction about climate change by US president

मेरि उनी

हिडेको मान्छे!!