बहकिने मन र आत्मसंयम!!!
सन्जय अर्याल
मज्जासङ्ग चलिरहेको सन्सार, सबै को साथ हुदाको मात, माया अनि संयोग ले जुरेका भेट, साटियका कैयौ चिनोरुपी यादहरु, फक्रन लागेका फुलसरी साथ अनि मायाहरु तब तुसारापात हुन्छन जब साथ मा याद मात्र बाकी रहन्छन कैयौ मोड मा साथ दिन्छु भन्ने साथिहरु आफ्नै सन्सारमा ब्यस्त र मस्त भइदिन्छन अनि यो जिन्दगी पिजडा को चरिजस्तै अनि नजरबन्द मा परेको मानिस जस्तै बन्न बाध्य हुन्छ। मनभित्र अनेकौ भाबहरु छन तर पनि कतौ कुना मा कायापलट छन बाहिर निस्कन मान्दैनन। यो समय हो परिस्थिति हो अझ भनु पर्दा यो निरन्तर बगिरहने बहाब हो उतारचढाप हो कहिले माथी टुप्पो मा पुराइदिन्छ त कहिले झटारो हानि उहीँ स्थान मै झारिदिन्छ।
समयको सम्बेग न कसैले बुझ्छ न कसैले बुझ्ने चेस्टा नै गर्छ बाँस यसरी सदुपयोग गर्छ कि जे पर्छ त्यही टर्छ।र सोच्छु फेरि सफल मान्छे पनि यस्तै सोच्छ होला त? कि उ केही फरक छ म भन्दा बाँस सोच्दा सोच्दै भाब मै डुब्छ यो मन अनि अनेकौ गरि बहकिन्छ मानौ कि यो आसारे भेल मा बहने खोला हो कहिले आउँछ आधी भइ डुबाइदिन्छ त कहिले सुख्खा भै बसिदिन्छ तर निश्चित गति ले कहिल्यै हिड्दैन। जब उतारचढाब को क्षण चरमउत्कर्स मा पुग्छ नि अनि सोच्छ यो मन अनेक बाटाहरु देख्छ, सपनाहरु मै सन्सार घुम्छ, सोचहरुमै उमङ्ग छराउछ र सुन्दर हरियाली को माझ मा आफैलाइ यतै कतै ब्यतित गगराउछ र सोच्दैन कहिल्यै पनि यो कि म माथी गए अबि अरुसबै तल छन, अब म ठूलो भए अरुसवै पहिलाको जस्तै मेरै हालत मा छन। माथि नै भयपनी सोच्छ त्यहि बाल्यपन, आफ्नो ठाउँ , साथ दिने साथिहरु अनि गुन लगाउने सबै मित्रहरु र सबै सङ्ग उसै गरि बसेर ती याद साथ अनि गुन हरु साटासाट गर्ने वचन गर्छ आफैले आफैलाइ।
अनि त्यो उतारचढाब जब माथी पुग्ने सपना देख्दा देख्दै, अगाढि बढ्दै गरेको मान्छेलाइ झटारो ले फलफुल जस्तै गरि तल झार्छ नि अनि त्यही मन जो हिजो भबिस्य सोच्थ्यो, म बिर्सी हामी बोल्थ्यो र सबैलाइ आफ्नै ठान्थ्यो आज आफ्नै बारेमा नकरात्मक सोच्न बाध्य हुदैछ। हिजो त्यो चुचुरो मा बगेको म आज समुद्र मा डुब्दै छु, सबैले बिर्सिदिदा आफ्नै ताल मा एक्लो भै सोच्दैछ ए भगवान तिमी त्यहा एक्लै छौ अथवा अरु कोहि साथी छ? आखिर उ पनि त एक्लो हुदो हो अनि मेरो पिडा बुझ्दो हो आफै सम्झेर भन्ने सम्झी अनेकौ समय बिताउछु, मन मा सन्नाटा छाउछ, मन जहिले नराम्रो सोच्छ जसरी कि कसैले मलाइ कारागरमा राखेको छ म त्यहाको आजिबन काराबास को सजाय भोग्दै छु अनि मसङ्ग दुई ओटा कुरा बाकी छन कि यस्तै सोचेर बस्ने कि त मरिदिने।
उतारचढाब को पलमा पनि तल हुदा यो मन भने सोच्न चाहिँ अबस्य सोच्थ्यो ,परिस्थिती बेग्लै हुदो हो त राम्रै सोच्थे, अगाडि वढ्थे, सबैसङ्ग यसरी नै मेलमिलाप गर्थे बाँस यहि सोच्छ तर सोच त हो फेरि सोच्थ्यो उहीँ आजिबन कारबास।
यस्तै बहकिने मन को बिछ मा चल्दै छ जीवन एउटा मन जो उताररचढाब हुदा माथी पुग्ने मन अनि उतारचढाब नहुदा
तल पुग्ने मन अनि अर्को मन जो यिनिहरुलाइ मिलाउन मध्यस्तकर्ता को भुमिका निभाइरहेको छ न त मिलाउन सकेको छ न त प्रयास नै गर्न छाडेको छ बिच मा बसेर वसेर कुराहरु आदानप्रदान गर्ने गरेको छ, जस्तै भन्नुहुन्छ भने एक हुलाकी । बहकाउने धेरै नै छन यहाँ आफ्नै होस अथवा पराइ तर तिनिहरु पनि यहि बिबादित मन को बिच मा कतै बसेर बहकाउने प्रयास गरिरहेका छन तर कति सफल छन त कति असफल। सायद सफल खुसि होलान असफल हरु दुखी होलान तर त्यो दिन पनि त नआउला भन्न सकिन्न सफल हरु पछुताउने र असफल हरु खुसि हुने। एक दिन बहकिने मन को बिचमा उतारचढाब को माथी पुग्ने क्षण ले राज्य गर्यो भने मलाइ यो चिन्ता लाग्छ कि त्यति धेरै बहकाउने मान्छेहरुको जागिर धरापमा त पर्ने हैन, जे भयपनि मन नै त हो भलो उनैको सोचिरहन्छ ।
बहकिने मन आफैमा नराम्रो हैन सायद यस्लाइ अरुले नै नराम्रो बनायएर बहाकाइदिए कि अथवा बहकिदा त्यही क्षण को तल पुग्यो कि, जे होस मन बहकाउनु छ भने भबिस्य तिर बहकाउनु जे सुकै गरोस, भनोस , बुझोस अरु मान्छेहरु। तर त्यो दोधार मा कहिल्यै नबहकाउनु। दोधार अनि बिबादित मन कहिल्यै हाम्रो पक्षमा छैन यसको रस चुस्ने हरु यहि कतै आफ्नै मान्छेहरु पनि हुन सक्छन। आफ्नै जिन्दगि आफ्नै लागि बहकाउनु यसरी कि यदि तपाईं आफू बन्नुहुन्छ भने आफू प्लस एक मा त्यसको लागि त्यो तल को क्षण बिर्सिदिनु अनि न त मध्यस्तकर्ता राख्नुपर्छ, जरुरत पर्छ न त मिलाउनु नै पर्छ बाँस एक्कोहोरो अगाडि बहकिन्छ, बहकियोस अनि बहकिरहोस!!!

समय संवेग न कसैले बुझ्छ, न कसैले बुझ्ने चेस्टा नै गर्छ, बस यसरी सदुपयोग गर्छ कि जे पर्छ त्यही टर्छ!!! 👌👌राम्रो छ😊
ReplyDelete