प्रेमिल मन !!!
      सन्जय अर्याल        
    

भगवानले सिर्फ एउटै चिज बनायको छ साथ रहन लाई, सम्झनलाइ, अनि मन बहकाउनलाइ त्यो हो याद अनि ती अतीत का यादहरु अट्ने एउटा मुटु/मन। अपरम्पार चिज छ यस्मा कुनै तिता कुनै अति नै मिठा पल हरु अनि कुनै बिर्सन खोज्दा नबिर्सने सम्झन नखोज्दा याद आइहाल्ने क्षणहरु। लामो समयका याद पलहरु भन्दा छोटो समयका यादहरु सधै यहि मनमुटुमा ताजा बनेर बस्न बिबस हुदो रहेछ तर किन भन्ने प्रश्नमा सायद बनाउदा सृष्टि ले त्यस्तै बनाएर हो अथवा हामिले छोटो समयलाइ यादकर बनाउन खोजेर हो ? त्यस्को उत्तर त म निकै खोज्दा पनि भेट्न सकिन। त्यही अपरिपक्कता मा रोमलियको, घुलियको भनौ अथवा यादकर बनेको नाम हो उ मात्र उ।
पहिलो भेटदेखि नै आँखा मा बिझिकि उस्लाइ आफ्नो बनाउनु खासै ठूलो कुरा थियन र देख्दिनथे  म पनि। समयको दौडाइ ज्यामितिय रुप मा हुँदै गर्दा उसङ्ग को मेरो परिचय अंकगणितिय हिसाब मा अगाडि  बढेछ तर म अनबीज्ञ थिय।मन मुटुले साथ मागेको थियो झिनोआस मा तर पनि पुरै उसैमा निर्भर भने थियन । समय बित्दै जादा उ सङ्गको परिचय झन नजिकदै जान्छ र एउटा यस्तो परिस्थिति यसले निम्त्याउछ जुन परिस्थीति मा मेरो यो अपरिपक्क मन उसैमा निर्भर हुन थाल्दछ बिस्तारै।
बयान गरौ अर्कै रुपको कसरि ब्याख्या गर्नु उस्लाइ जब जब उसङ्ग नजिकन खोज्थे उ पर भाग्थि, बोल्न खोज्थे निसब्द हुन्थी, माया ब्यक्त गर्न खोज्थे मेरो माया यसरी ब्याख्या गर्दिन्थी सायद उ आफू माया मा पि.एच.डि गरेकी छ र म भर्खर सिक्दै छु माया को बारेमा। मैले गर्ने हर माया, उस्कै नाम  धड्किने धड्कन, उस्को नाममा सोचियका हरेक याद अनि सब्द्दहरु म ब्यक्त गर्ने कोसिस गर्थे उ मस्त सुनिदिन्थी अनि दुई चार सब्द्द झटारो हानेर मेरो सब्द्द हरुलाइ टाढा पुराइदिन्थी। म त्यही झटारो लाई भयपनी माय को प्रतिबिम्ब को रुपमा बुझ्थे।माया गर्छे र गर्दै छ। उस्का सब्दहरुमा माया साथ र सहारा म भिन्नै किसिमले देख्थे तरपनी म त्यही मायाका  शब्द  खोजिमा थिए, उस्को माया सायद मैले खोजेजस्तै त्यही सब्दमा मात्र साबित भयो।

कति कुरा मन मै थियो नभनेरै मिठा थिए, कति कुरा भनेर मिठा थिय त कति भनेरै तिता पनि भए। सानो हृदय मा सायद मैले ठूलो मान्छे राखेर होला, म उस्को लागि बोल्न नजान्न्ने अनि माया गर्न नजान्ने थिय उस्को लागि र  उ माथी बसेर मलाइ सहानुभुती दिदै छ मेरो लागि ,जान्नु पनि कसरी  र म मसङ्ग न सबै कुराको अनुभव थियो न कसैले सिकाउने चेस्टा नै गर्यो।
मेरो मन कोमल थियो उस्का कठोर सब्द्द हरु आउथे तरपनी उ आफ्नै लाग्थ्यो, आफ्नै सम्झन्थे मिठास सङ्ग बोल्थे उस्ले गर्ने हर कुराहरुलाइ सके सरलीकरण गर्ने प्रयास गर्थे नसके केही सब्द्द हरु ब्यक्त गरिदिन्थे । बोल्दै गर्दा बानी नै परेर होला सायद उसङ्ग नबोल्दा दिन खल्लो लाग्थ्यो तर पनि ब्यक्त गर्दैनथे कति दिन अनि रात उस्कै प्रतीक्षामा बिते पत्तो छैन, बुझाउन पर्ने धेरै कुराहरु थियो तर जब सुन्ने मान्छेले उडाइदिन खोज्छ भने ती सब्दहरु भन्नू मा भन्दा मन मै राख्नु मै बेस ठान्थे ।
म एकदम आफू संयमित भयर बोल्थे उसका झटारो को बिचमा भयपनी। जतिसुक्यै झटारो हानोस उस्ले उस्का हरेक सब्दहरुमा म प्रेमिल भाब ब्यक्त भयको म प्रसस्त पाउथे, मेरो प्रेमिल सब्दहरुको जबाफ उसले अस्वभाबिक भयर दियतापनि मलाई यस्तो लाग्थ्यो उ मायामै मोहित भयर बोल्दै छ ।समय बित्दै गयो लामो समयपछि मेरो हर कुरा सम्बोधन हुने कुरा भयो तर प्रतिफल ठिक बिपरित थियो। जिन्दगी भर साथ दिन्छु भन्नेहरुले पनि आपत बिपत पर्दा ख्याल गर आफ्नो भन्दै बिदा हुन्छन भने अर्को कुरा पाहुना हरु आफ्नो सत्कार मात्र लिन आउदैनन आफ्नो माया प्रेम दर्साउन पनि आउछन खै कुन कुरालाइ लागु गरेर हेर्नू र यहाँ जुन परिबेसमा साथ दिन्छु भन्दै बिदा हुन्छन, माया गरछु भन्दै शब्द मा मात्रै भन्छन, जिन्दगी लाई मजाक सम्झन्छन सायद उनिहरु मानौ कि उनलाइ दुखद क्षण के हो भोगेकै छैनन, आफुलाइ राख्दैनन त्यो पलमा त्यसको असर के पर्ला भनेर न बुझ्छन नै ।
महत्त्व बुझ्न अभाब हुनुपर्छ, सायद म अभाब मा थिय उ प्रभाब मा थिइ होला र त बुझ्न सकिन आज मलाई अबसर दियौ बुझ्ने तिमिले यो अबसर चाहिँ लिन नखोज्नु ल।जति कुरा बुझायौ एउटा पाठ सिकायौ धन्य छु म त्यसबारे।बुझ्नै पर्छ भन्ने पनि केही छैन  तर प्रश्नपत्रमा आउँछ भन्दैमा जानेजतिको सबै उत्तर लेख्ने आउदैन भन्दैमा छोडेर हिड्न त नहुने थियो तर यो सब मेरो सिद्धान्त थियो लागू सबैमा होस भन्ने थियन। जिन्दगी लामो छ त्यसैले जटिल कुराहरुमा मजाक नगर्नु, केही शब्द अनुरुप परिबेस अनुरुप परिबर्तन हुन सिक्नु, तर गाडी चलाउन आउँछ भन्दै यात्रु हरुलाइ नलडाउनु सुभकामना।
अन्त्यमा जति जिन्दगी जिइन्छ नि त्यो सुम्पिने बाचा थियो, मायारुपी साथ यादहरु साटी जिन्दगी मा उसङ्गै रहने चाहना थियो हर दुख सुख आफ्नै सम्झी साथ र हात दिने मन बचन थियो तर त्यसमा न बिश्वास थियो न बिश्बसनियता  र त त्यो भन्दा अगाडि  एउटा उपहार थियो जुन उपहार ले न बोल्ने न बोल्न सक्ने बाटो नै राखिदियो जे होस हासी हासी सुखी जिबन बिताउनु ,त्यो मुस्कान सधै यसरी नै फैलिरहोस। जब याद मा आउन थाले भने नि दुइचार मिनेट अगाडि नै ती यादहरु उडाइदिनु जसरी ती मेरो प्रेमिल मनलाई उडाइदियौ र भन्थ्यौ समय सङ्गै यादहरु हराउदै जान्छन हरायन भने  च्याथेर मिल्काउनु, मीठो माया तिमिलाइ सधैसधैलाइ।।।

Comments

Popular posts from this blog

contradiction about climate change by US president

मेरि उनी

हिडेको मान्छे!!