"जवानी"
रुप को कुरा नगर नानि
यो त केबल क्षणिक सुन्दर्य हो।
मुस्कुराउने तिम्रा रहर पनि त
 सिमित समयको माधुर्य न हो।।

सोच्छौ भबिस्य तिमी जवानी सम्झेर
जवानी त केवल समय हो ( आउदैन फर्केर)
तिम्रा ती सुन्दर कलकलाउदा  रुपहरु पनि
 हुने आखिर माटो मै बिलय हो।( छोटो सयम को सुन्दर्य)

मस्किदै भन्ने तिमिले ठूलो मान्छे बन्छु शब्द  पनि
यो त केबल त्यही समयको चाहना न हो।
देख्ने तिमिले सपना हरु त्यो उमेर मा
सबै सम्झने गरि बनेको बहाना हो।।

उमेर मा त क्या हटायछौ होला बा आमालाइ
आखिर जानुपर्ने त केबल तिमि पनि पराइ नै हो
जे सोचे  पनि  त्यो समयमा
सम्हाल्नु पर्ने त तिमिले मेरै घरबारि हो।।

संघर्ष को पाठ सिक्दै जादा भन्थ्यौ बा आमा पाल्छु भनेर (पराइ)
पाल्नुपर्ने त तिमिले मेरै बाआमा हो
मुस्काउदै तिम्रो दाइ पनि त सोच्थ्यो होला
पाल्नुपर्ने बाआमा मेरा तेरै भाउजू ले हो।

सुन्दर तिमी भन्थ्यौ सुन्दर्ताले मेरो जीवन कटाउछ (सुन्दरता)
आखीर खानुपर्ने त तिमिले पनि त त्यही दाल भात हो
चर्को बोल्दा रिसाउने तिमी आफ्नो घरमा
सहनुपर्ने त आखिर तिमिले बात मेरै नै त हो ।।

सहर मा बसेर मिठो मसिनो खाने तिमि
तिम्रो हैन त्यो त तिम्रो घरपरिवार को रहर हो
गुम्द्रुक को झोल अनि आटो खान पाउछौ चिन्ता नगर
यो मेरै जिन्दगिको सहर हो।।

फुरुक्क परेर हुर्केकी तिमी माइतिमा
पाउने त तिमिले पनि घरबार हो
के सिक्यौ अहिलेसम्म तिम्रो घरमा
मेरो घरबाट सिक्ने त तिमिले  केेेवल सस्कार र ब्यबहार हो।।

सोच्दिनथ्यौ तिमी त्यो सुन्दरता हराउछ
रहने त तिम्रो च्याउरी पर्ने छाला मात्र हो।
राम्रो गरि समाले मलाइ आखिर
पाउने त तिमिले बदलाम म मेरै माया हो।।

बिश्वास नगर तिमि तिम्रो  रुप अनि त्यो नजर मा
देख्ने भनेकै यहाँ मान्छे ले जबानि हो
चिन्ता भबिस्य को गर है
अहिलेको तिमी पछि हुने त त्यही कहानी नै हो।।

बुझ्नेछौ तिमिले यो अनि त्यो अनि यो समयलाइ (बर्तमान र भबिस्य)
यो त सबै बिताउनुपर्ने चरण हो
घमण्ड कदापी नगर है कहिल्यै पनि तिमी
यहाँ पाउनु त एकदिन त्यही मरण हो।।






Comments

Post a Comment

Popular posts from this blog

contradiction about climate change by US president

मेरि उनी

हिडेको मान्छे!!