पागल!!!

सुबिचारको कदर र कुविचार को बाधा बन्दै।
सबै नालायक हरु को अगाडि अख्तियार उभ्याउदै।।
बन्दै गरेको पागल हु म।
राम्रो लाई हर माझ अगाडि उभ्याउदै गर्दा।
ती आतंककारी हरु लाई सुम्सुमाउन पुग्नै पर्ने।।
रास्ट्रिय पागल हु म।
राम्रो काम गर्नेलाइ प्रोत्साहन गर्दै।
कुनियत बोकेकालाइ बहिष्कार गर्दै।।
हिड्दै गर्ने पागल हु म ।
रास्ट्रियता को नारा बोक्ने बोक्नेलाई साथ दिने।
ती घातिहरुको सदैब बिरोध गर्ने ।
म पागल हु ।
कसैको दबाब मा हिड्नैपर्ने र।
कसैको निर्णय मान्नै पर्ने देशको ।।
एक पागल हु म ।
लोकतन्त्र जनताकै शासन हुदा पनि ।
आभास गर्न नपायको बिरोध गर्ने।।
म तेहि पागल हु ।
राम्रो काम गर्ने लाइ अभियोग लगाइन्छ।
छानी छानी आफ्नै मान्छे  घुसाइन्छ।।
हो म त्यो बिरोधी पागल हु ।
न त मेरो जात छ न पहिचान नै ।
तर पनि सबैले भन्ने गरेको एउ।।
देशभक्त पागल हु म।
मजस्तै धेरै पागल भेट्नेछु।
एकअर्कामा कुराहरु साट्नेछु।।
पागलहरु लाई असल रास्ट्रभक्त मा
बदल्ने अब्बल राख्दछु।

Comments

Popular posts from this blog

contradiction about climate change by US president

मेरि उनी

हिडेको मान्छे!!