चियापत्ती बाट मल कसरी बनाउने???
जाडो महिना छ निकै चिया पिउनुहुन्छ होला हैन, अनि चिया पिइसकेपछी बचेको चियापत्ती के गर्नु हुन्छ नि ? गाउघरमा हुनुहुन्छ भने त त्यो पनि फाल्ने ठाउँ भेटियला सहर मा हुनुहुन्छ भने त अलिकती तनाब त कहाँ फाल्ने भनेर पनि हुन्छ होला। चिन्ता नलिनुहोस जुन हामिले चिया पिइसकेपछि जुन चियापत्ती बच्छ त्यसबाट पनि मल बनाउन सकिन्छ। सहर मा बस्ने ने सोच्नुहोला मल बनायर के गर्नु ? तर तपाईं ले गमलामा लगायको फुल को लागि मल किनेर प्रयोग गर्नुहुन्छ नि त्यो पैसा पनि त बच्न सक्छ नि हैन र ?
कसरी बनाउने त ?
१) जुन बचेको चियापत्ति छ त्यसलाइ जम्मा गर्नुहोस अनि राम्ररि पखाल्नुहोस र सुकाउनुहोस, सुकाइसकेपछी त्यसलाइ मसिनो बनाएर सिधै प्रयोग गर्न सक्नुहुन्छ।
२) अथवा पखालेर सुकायको चियापत्ती लाई तीन भाग को एक भाग हुने गरि बाल्टी मा राख्नुहोस अनि पानी मिसाउनुहोस याद गर्नुहोस पानी पुरौ भर्नुहुदैन थोरै ठाउँ राख्नुपर्छ। पानी राखिसकेपछी राम्ररी हल्लाउनुहोस अनि बिर्को बन्द गरेर ५-७ दिन सम्म राख्नुहोस। अब बाल्टिको बिर्को खोली मसिनो कपडा को प्रयोगद्वारा थेग्रो र तरल पदार्थ छुट्टाउनुहोस। छुट्याइएको उक्त तरल पदार्थ मा १० भाग पानी मिसाइ (१:१०) प्रयोग गर्न सक्नुहुन्छ।
फाइदा के ??
१) बिरुवा को वृद्धि र बिकासमा सहयोग पुर्याउछ।
२) यसमा नाइट्रोजन, फस्फोरस, पोटास साथै अन्य सूक्ष्म तत्व मध्यम मात्रामा पाइन्छ।
३) सूक्ष्म फाइदाजनक जीव को वृद्धि र बिकास मा सहयोग गर्दछ।
४) माटो मा जम्मा हुने बिसादी हरुलाइ हटाइदिन्छ।
५) बिरुवा लाई रोग लाग्न बाट बचाउछ।

Comments
Post a Comment