"मेरि आमा"
दिनभर खेतबारिमा डल्ला फुटाइ।
सधै भर मेरै लागि अन्न जुटाइ ।।
पालेकी थियै मेरि आमा।

डोकाहरु मा घास बोक्दै गर्दा।
हेपियका सास हरु फेर्दै गर्दा।।
मेरै आधारमा बाचेकी थियौ मेरि आमा।

दस नङ्ग्रा खियाएर ।
फाटेका मनहरुलाइ सिलायर ।।
हिडिरहेकी थियौ मेरि आमा।

दुनियाको गाली सहि ।
आफ्नै अधीन मा रहि ।।
बाचेकी थियौ मेरि आमा।

आफुले नखाइ मलाइ पढाई ।
मेरै नाम मा देउता लाई कति भेटी चढाइ।।
हिडेकी थियौ मेरि आमा।

हो आमा अहेले म ठूलो भयको छु।
सारा कुरा बुझ्ने भयको छु।।

तिमिलाइ सारा सन्सार ले गन्ने बनाउछु।
तिम्रो छोरो को नाम असल ठान्ने बनाउछु।।
मेरि आमा तिमिलाइ सन्सार ले गन्ने बनाउछु

    सन्जय अर्याल 

Comments

Popular posts from this blog

contradiction about climate change by US president

मेरि उनी

हिडेको मान्छे!!