Posts

        " जवानी " रुप को कुरा नगर नानि यो त केबल क्षणिक सुन्दर्य हो। मुस्कुराउने तिम्रा रहर पनि त  सिमित समयको माधुर्य न हो।। सोच्छौ भबिस्य तिमी जवानी सम्झेर जवानी त केवल समय हो ( आउदैन फर्केर) तिम्रा ती सुन्दर कलकलाउदा  रुपहरु पनि  हुने आखिर माटो मै बिलय हो।( छोटो सयम को सुन्दर्य) मस्किदै भन्ने तिमिले ठूलो मान्छे बन्छु शब्द  पनि यो त केबल त्यही समयको चाहना न हो। देख्ने तिमिले सपना हरु त्यो उमेर मा सबै सम्झने गरि बनेको बहाना हो।। उमेर मा त क्या हटायछौ होला बा आमालाइ आखिर जानुपर्ने त केबल तिमि पनि पराइ नै हो जे सोचे  पनि  त्यो समयमा सम्हाल्नु पर्ने त तिमिले मेरै घरबारि हो।। संघर्ष को पाठ सिक्दै जादा भन्थ्यौ बा आमा पाल्छु भनेर (पराइ) पाल्नुपर्ने त तिमिले मेरै बाआमा हो मुस्काउदै तिम्रो दाइ पनि त सोच्थ्यो होला पाल्नुपर्ने बाआमा मेरा तेरै भाउजू ले हो। सुन्दर तिमी भन्थ्यौ सुन्दर्ताले मेरो जीवन कटाउछ (सुन्दरता) आखीर खानुपर्ने त तिमिले पनि त त्यही दाल भात हो चर्को बोल्दा रिसाउने तिमी आफ्नो घरमा सहनुपर...
Image
प्रेमिल मन !!!       सन्जय अर्याल              भगवानले सिर्फ एउटै चिज बनायको छ साथ रहन लाई, सम्झनलाइ, अनि मन बहकाउनलाइ त्यो हो याद अनि ती अतीत का यादहरु अट्ने एउटा मुटु/मन। अपरम्पार चिज छ यस्मा कुनै तिता कुनै अति नै मिठा पल हरु अनि कुनै बिर्सन खोज्दा नबिर्सने सम्झन नखोज्दा याद आइहाल्ने क्षणहरु। लामो समयका याद पलहरु भन्दा छोटो समयका यादहरु सधै यहि मनमुटुमा ताजा बनेर बस्न बिबस हुदो रहेछ तर किन भन्ने प्रश्नमा सायद बनाउदा सृष्टि ले त्यस्तै बनाएर हो अथवा हामिले छोटो समयलाइ यादकर बनाउन खोजेर हो ? त्यस्को उत्तर त म निकै खोज्दा पनि भेट्न सकिन। त्यही अपरिपक्कता मा रोमलियको, घुलियको भनौ अथवा यादकर बनेको नाम हो उ मात्र उ। पहिलो भेटदेखि नै आँखा मा बिझिकि उस्लाइ आफ्नो बनाउनु खासै ठूलो कुरा थियन र देख्दिनथे  म पनि। समयको दौडाइ ज्यामितिय रुप मा हुँदै गर्दा उसङ्ग को मेरो परिचय अंकगणितिय हिसाब मा अगाडि  बढेछ तर म अनबीज्ञ थिय।मन मुटुले साथ मागेको थियो झिनोआस मा तर पनि पुरै उसैमा निर्भर भने थियन । समय बित्दै जादा उ सङ्गको परिचय झ...
Image
            बहकिने मन र आत्मसंयम!!!                             सन्जय अर्याल मज्जासङ्ग चलिरहेको सन्सार, सबै को साथ हुदाको मात, माया अनि संयोग ले जुरेका भेट, साटियका कैयौ चिनोरुपी यादहरु, फक्रन लागेका फुलसरी साथ अनि मायाहरु तब तुसारापात हुन्छन जब साथ मा याद मात्र बाकी रहन्छन कैयौ मोड मा साथ दिन्छु भन्ने साथिहरु आफ्नै सन्सारमा ब्यस्त र मस्त भइदिन्छन अनि यो जिन्दगी पिजडा को चरिजस्तै अनि नजरबन्द  मा परेको मानिस जस्तै बन्न  बाध्य हुन्छ। मनभित्र अनेकौ भाबहरु छन तर पनि कतौ कुना मा कायापलट छन बाहिर निस्कन मान्दैनन। यो समय हो परिस्थिति हो अझ भनु पर्दा यो  निरन्तर बगिरहने बहाब हो उतारचढाप हो कहिले माथी टुप्पो मा पुराइदिन्छ त कहिले झटारो हानि उहीँ स्थान मै झारिदिन्छ। समयको सम्बेग न कसैले बुझ्छ न कसैले बुझ्ने चेस्टा नै गर्छ बाँस यसरी सदुपयोग गर्छ कि जे पर्छ त्यही टर्छ।र सोच्छु फेरि सफल मान्छे पनि यस्तै सोच्छ होला त? कि उ केही फरक छ म भन्दा बाँस सोच्दा सोच्दै भाब मै डुब्छ यो मन ...
Image
जब एक दिन आगोसरि यो मन जल्नेछ । नराम्रो ठान्नेहरुकोलागी मीठो बास्ना भइ बल्नेछ।। याद्कर होस अथबा कष्टकर होस जीवन। तरपनी कसैको दिल मा नओइलाउने मखमलिसरी फल्नेछ।।
                      माया भित्र को सन्सार !!! निकै समयको अन्तराल अनि उ, साच्चिकै समय अन्तर्यामी छ र हुने गर्दछ पनि  ।कैयौ बर्ष को अन्तराल मा थोरै समयको माया देख्दा लोभलाग्दो अबस्य पनि देखिनेछ, सबैले बुझ्नेछन के हो माया अनि के हो मन कसरी बहकिन्छ ति याद मा। मन नै त हो कहिले बहकिन्छ अनि कैले तरङ्गित हुन्छ थाहा नै हुदैन तर त्यसको पछाडि अनेकौ कारण पनि अबस्य हुन गर्दछन । केही समयको बिचमा अनेकौ सपनाले सिर्जित ति अतितका  सपना, अनेकौ माया अनि त्यसमा रमेको त्यो सुन्दर सन्सार सोच्दा पनि अचम्म मानौ वा सत्य भनम त्यो आफैले एउटा बुझिन्छ अनि अरुले अर्कै बुझिदिन्छन। क्षणिक सुखमा रम्नेहरु अनि सन्सार र माया नबुझ्नेहरु  छिनमा नाता जोड्छन त छिनमै तोड्छन अझ भन्नुपर्दा , आझ भोलि छुट्टिने कैले भनेर थाहा हुदाहुदै जोडेका नाताहरु आफुमा भन्दा अरुलाइनै देखाउन माहिर छन । बाआमाले सजायका  कैयौ सपनाहरुलाइ लत्यायर,   देखाबटी रुपमा देखाइयका मायाहरु देख्दा जस्लाइ पनि  दया लाग्नु स्बभाबिक नै हो । दुइचार दिनको प्रहर मा छुट्टिने कैयौ ...
           "मेरि आमा" दिनभर खेतबारिमा डल्ला फुटाइ। सधै भर मेरै लागि अन्न जुटाइ ।। पालेकी थियै मेरि आमा। डोकाहरु मा घास बोक्दै गर्दा। हेपियका सास हरु फेर्दै गर्दा।। मेरै आधारमा बाचेकी थियौ मेरि आमा। दस नङ्ग्रा खियाएर । फाटेका मनहरुलाइ सिलायर ।। हिडिरहेकी थियौ मेरि आमा। दुनियाको गाली सहि । आफ्नै अधीन मा रहि ।। बाचेकी थियौ मेरि आमा। आफुले नखाइ मलाइ पढाई । मेरै नाम मा देउता लाई कति भेटी चढाइ।। हिडेकी थियौ मेरि आमा। हो आमा अहेले म ठूलो भयको छु। सारा कुरा बुझ्ने भयको छु।। तिमिलाइ सारा सन्सार ले गन्ने बनाउछु। तिम्रो छोरो को नाम असल ठान्ने बनाउछु।। मेरि आमा तिमिलाइ सन्सार ले गन्ने बनाउछु     सन्जय अर्याल 
 कथा  'यथार्थ' भाग १ सधै जै ऐकाबिहानै आमा ले चिया लिइदिनु भो, कहिल्यै केइ नभन्ने आमा आज एक्कासी रिसाउदै भन्नुभो; जहिले सुतेको सुतै सङगै पडेका साथीहरु का पुगिसके, त भने सुतेर सपना देख, बा पनि बुडो भैसक्नु भो अब त केही गरेर पाल हामिलाइ।आमाको यो बाणि ले घोच्नु सम्म घोच्यो मलाई, नखोजेको हैन जागिर खोज्दा खोज्दै कति जुता फाटिसके, खुट्टा दुखिसके । धेरै डुलेर था भयो कि सोझा साझा का दिन सकिसकेछन , त्यो दिन दिनभर सोचे बाआमालाइ खुसी र सुखी बनाउनु छ , निधो गरेर कुरा गरे आमा सङग आमा म बिदेस जान्छु। #यथार्थ भाग २ यतिकैमा बा बाहिर बाट खोक्दै सानो दैली बाट भित्र छिर्नुभयो, कुटो कोदालो दैलाकुना मा राख्दै "हैन के हुदैछ येहा आमाछोराको" सुन्न त अबस्य सुन्नु भाथ्यो तैपनी केइ नबुझेजस्तो गरेर सोद्नुभयो। आमा पनि के को कम काध मा काध मिलाइहाल्नु भयो "के हुनु नि येत्रो दुख गरेर पालियो अब त केही सुख दिन्छ कि भनेको बिदेस जान्छु भन्छ मोरो"। आमालाइ सान्त्वना दिदै बा ले भन्नुभयो उस्लाइ दोष नदे न त येस्तै छ त अवस्था के गरोस उ , पड्ने बेलामा मरिमरी पड्यो अहिले जागिर नै पायन ।बा म नजिक आ...
चियापत्ती बाट मल कसरी बनाउने??? जाडो महिना छ निकै चिया पिउनुहुन्छ होला हैन, अनि चिया पिइसकेपछी बचेको चियापत्ती के गर्नु हुन्छ नि ? गाउघरमा हुनुहुन्छ भने त त्यो पनि फाल्ने ठाउँ भेटियला सहर मा हुनुहुन्छ भने त अलिकती तनाब त कहाँ फाल्ने भनेर पनि हुन्छ होला। चिन्ता नलिनुहोस जुन हामिले चिया पिइसकेपछि  जुन चियापत्ती बच्छ त्यसबाट पनि मल बनाउन सकिन्छ। सहर मा बस्ने ने सोच्नुहोला मल बनायर के गर्नु ? तर तपाईं ले गमलामा लगायको फुल को लागि मल किनेर प्रयोग गर्नुहुन्छ नि त्यो पैसा पनि त बच्न सक्छ नि हैन र ? कसरी बनाउने त ? १) जुन बचेको चियापत्ति छ त्यसलाइ जम्मा गर्नुहोस अनि राम्ररि पखाल्नुहोस र सुकाउनुहोस, सुकाइसकेपछी त्यसलाइ मसिनो बनाएर सिधै प्रयोग गर्न सक्नुहुन्छ। २) अथवा पखालेर सुकायको चियापत्ती लाई तीन भाग को एक भाग हुने गरि बाल्टी मा राख्नुहोस अनि पानी मिसाउनुहोस याद गर्नुहोस पानी पुरौ भर्नुहुदैन थोरै ठाउँ राख्नुपर्छ। पानी राखिसकेपछी राम्ररी हल्लाउनुहोस अनि बिर्को बन्द गरेर ५-७ दिन सम्म राख्नुहोस। अब बाल्टिको बिर्को खोली मसिनो कपडा को प्रयोगद्वारा थेग्रो र तरल पदार्थ छुट्टाउनुहोस। छुट्याइ...

आलु खानै पर्ने ५ कारण!!!

 आलु संसारभरी नै लोकप्रिय खाना हो । आलु जेसँग पनि मिल्ने भएकाकारण पनि यो लोकप्रिय खाना बनेको हो । यही आलुका स्वास्थ्यको दृष्टिकोणले पनि निक्कै राम्रो खाना हो भन्ने धेरैलाई थाहा नहुन सक्छ । आलुमा हुने गुणको विषयमा यहाँ चर्चा गरिएको छ । १.  प्रयाप्त पोटासियम आलुमा केरामा भन्दा बढी मात्रामा पोटासियमको मात्रा हुन्छ । एउटा आलुमा कम्तिमा १६०० मिलिग्राम पोटासियम पाइन्छ । जवकी एक दिनका लागि केवल ८०० ग्राम मात्र पोटासियम मानव शरीरका लागि प्रयाप्त हुन्छ । केरा खाने भन्दा आलु खाने मान्छेले धेरै पोटासियम प्राप्त गर्न सक्छ । पोटासियम मुटुको समस्या, मस्तिस्क घात रोक्न मद्दत गर्छ । २.  फाइवरको मात्रा उच्च आलुमा पाचन प्रणाली सहज तुल्याउन आवश्यक पर्ने फाइवरको मात्र उच्च हुन्छ । शरीरका लागि आवश्यक पर्ने फाइवरको लागि आलुको सेवन निक्कै हितकारी हुन्छ । आलुले मोटो पन नियन्त्रणका लागि पनि सघाउछ । आलुले कोलस्टोरलको समस्या र रगतमा सुगरको मात्रा नियन्त्रण गर्छ । ३. सुन्तालामा भन्दा बढी भिटामिन सी आलुमा भिटामिन सीको मात्रा उच्च हुन्छ । दिनमा एउटा आलु सेवन गर्दा यसले शरीरका ला...

Nepal is not in isolation, it is in competition!!!

HIMALAYAN NEWS SERVICE The country witnessed slow economic growth for nearly two decades due to the armed conflict followed by another decade of political transition that ruined the investment climate. Against this backdrop, Nepal has been trying to emerge from the political and economic paralysis after the promulgation of the new constitution. To move towards a higher growth trajectory, the government has prioritised to improve the investment climate as the country sorely lacks investment to spur economic growth. To create an environment to attract domestic and foreign investment, the government has initiated reforms on the legal and administrative fronts and the quality of infrastructure.

Temperatures will continue to rise!!!

Image
Because human-induced warming is superimposed on a naturally varying climate, the temperature rise has not been, and will not be, uniform or smooth across the country or over time.

One of the way !!!

Image
#साउन महिना समयसङ्गै मन साट्नेहरु भेटिन्छन प्रत्येक घर। रङ्ग फेर्ने भन्दा मन बदल्ने हरुसङ्ग लाग्दछ डर।। छिन छिन मा बाचा फेर्निहरु  र।। गल्ली गल्ली मा भेटियका बैमानिहरुको हुदैन भर ।।

डायरी!!!

न कसैको दुख अनि कसैको सुख लेख्छ। न कसैको भलो न कसैको कुभलो देख्छ।। यो डायरी। बाँस लेख्छ, कोर्छ याद बनाउछ मात्र पानामा। भाग्य लेख्ने अधिकार छैन येस्को छानामा।। येहि हो हामि सबैको डायरी। अधिकार येस्को लेख्ने मात्र हो लेखेरै सताउछ।। न कसैको भाग्य अनि  भबिस्य बताउछ।। तेहि हो हाम्रो डायरी। माया गरौ अथवा घृणा  येसलाइ। कापी सङ्ग तुलना गरिन्छ जसलाइ।। राम्रो अथवा नराम्रो डायरी। छिन मै लेख्छ छिन मै मेट्छ। चायो भने सबै कुरा बहकाउन सक्छ।। तेहि कहानि को हो यो डायरी। जे होस स्मृति को पाना ले भरियको छ। जहाँ कसैको कहानी ले सजियको छ।। तेहि हो डायरी। चाहे राम्रो भनम अथवा नराम्रो। हेर्ने नजर हो जस्को नजर छ राम्रो अथवा नराम्रो।। येहि भित्रि डायरीमा। तेहि डायरि हो कसैको भबिस्य लेखेको छ। त कसैको जीवन कहानी बोकेको छ।। तेहि हो हामी सबैको डायरी।

हिडेको मान्छे!!

रङ्गिन बाटोहरुलाइ पच्छाउदै। मोडियको बाटोलाइ सच्याउदै।। हिडेको मान्छे हु म। बन्द हर्ताल सङग घोलियर। प्रतिगामी  तत्वसङग रोमलियर।। हिडेको मान्छे हु म। अबरोध हरुलाइ परिचित। कयै मान्छे लाई सुसुचित गराउदै।। हिडेको मान्छे हु म। आफ्ना सपनाहरुलाइ अघि सार्दै। गन्तव्य हरुलाइ गोरेटो मा पार्दै। हिडेको मान्छे हु म। अनगिन्ति सोछरुलाइ सजाउदै। तिनिहरुलाइ गल्ली गल्ली मा रुजाउदै। हिडेको मान्छे हु म। कृषिप्रधान देस मा अस्तित्व खोज्दै। पेसा लाई अङ्गाल्ने बाटो रोज्दै । डुलिरहेको एक युबा हु म । हो म तेहि हिडेको मान्छे हु म।

पागल!!!

सुबिचारको कदर र कुविचार को बाधा बन्दै। सबै नालायक हरु को अगाडि अख्तियार उभ्याउदै।। बन्दै गरेको पागल हु म। राम्रो लाई हर माझ अगाडि उभ्याउदै गर्दा। ती आतंककारी हरु लाई सुम्सुमाउन पुग्नै पर्ने।। रास्ट्रिय पागल हु म। राम्रो काम गर्नेलाइ प्रोत्साहन गर्दै। कुनियत बोकेकालाइ बहिष्कार गर्दै।। हिड्दै गर्ने पागल हु म । रास्ट्रियता को नारा बोक्ने बोक्नेलाई साथ दिने। ती घातिहरुको सदैब बिरोध गर्ने । म पागल हु । कसैको दबाब मा हिड्नैपर्ने र। कसैको निर्णय मान्नै पर्ने देशको ।। एक पागल हु म । लोकतन्त्र जनताकै शासन हुदा पनि । आभास गर्न नपायको बिरोध गर्ने।। म तेहि पागल हु । राम्रो काम गर्ने लाइ अभियोग लगाइन्छ। छानी छानी आफ्नै मान्छे  घुसाइन्छ।। हो म त्यो बिरोधी पागल हु । न त मेरो जात छ न पहिचान नै । तर पनि सबैले भन्ने गरेको एउ।। देशभक्त पागल हु म। मजस्तै धेरै पागल भेट्नेछु। एकअर्कामा कुराहरु साट्नेछु।। पागलहरु लाई असल रास्ट्रभक्त मा बदल्ने अब्बल राख्दछु।
Image
कहिले मन ले तस्बिर रुझाउछ  त कहिले आँसु ले तस्बिर  भिजाउछ #बास रुझाउछ भिझाउछ अनि तस्बिर उसैको बिझाउछ।

बहकिने तिमी

धेरै बहकियकी तिमि, समयलाइ चिन्छु भनेर अगि बडेकी तिमि का गयौ अचेल क गर्दै छोउ, सुखी र खुसी होउ मसङ्ग भेट हुने प्रयास नगर !

कसरि चिन्ने विषालु च्याउ !!!

अनुसन्धानका आधारमा निम्न तरीकाले विषालु प्रजातिका च्याउहरु छुट्याउन सकिन्छ । च्याउ भाँच्दा चोप निस्कियो भने र छुँदा त्यसको रङ्गमा परिवर्तन आएमा त्यो विषालु हो । बैजनी तथा गढा रातो रंङ्गका च्याउ प्राय विषालु हुन्छन । च्याउको माथि रहने छाता छाम्दा खस्रो एवं तलमाथि उठेको देखिएमा विषालु हो भनि अनुमान गर्न सकिन्छ । नमिठो गन्ध, तीता स्वाद, धेरै झुस भएका र माटो तथा गोवर काठ दाउरामा उम्रेका च्याउ खाँदा विचार पुर्याउनुपर्छ पर्दछ । विषालु च्याउको वरिपरि किराहरु नलाग्ने हुन्छ, त्यसैले यी च्याउहरु देख्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिन्छन । च्याउलाई कुखुराको अण्डा एवं दुधमा राख्दा केहि समय पश्चात दुध फाटेमा एवं अण्डा जमेमा पनि उक्त च्याउ विषालु हुनसक्छ ।